site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हिमालयन रिइन्स्योरेन्सको आईपीओमा मागअनुसारको आवेदन परेन, थपियो समय

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओमा माग गरिए जति आवेदन नपरेपछि समय थप भएको छ । मंसिर २७ गतेदेखि आईपीओ निष्कासन गरेको यस कम्पनीले पुस १ गतेसम्म छिटो अवधिका लागि आवेदन मिति तोकेको थियो ।

यसअघि आईपीओ निष्कासन गरेकै पहिलो दिन नै मागभन्दा बढी आवेदन पर्ने गरेको थियो । तर, यो कम्पनीको आईपीओमा चार दिनमा माग गरेको जति पनि आवेदन परेन । पुस ११ गतेसम्म आवेदन दिन सकिने बताएको छ । 

Argakhachi Cement Island Ad

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार आइतबार बिहान १० बजेसम्म दुई करोड ३४ लाख ८३ हजार ९८० कित्ता आईपीओका लागि १२ लाख ८० हजार ५१८ जना आवेदकले आवेदन दिएका छन् । 

अब १४ लाख १६ हजार २० कित्ता आईपीओका लागि आवेदन दिनुपर्नेछ । 

कम्पनीले दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरेको छ । समय थप गरिएको भए पनि मागअनुसार आवेदन परेमा चार कार्यदिनमा नै निकासन तथा बिक्री बन्द गरिने कम्पनीले जानकारी दिएको छ । 

Himalayan-Reinsurence-1702795254.JPG

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्