विदेश

काठमाडौं । कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको ८६ वर्षको उमेरमा निधन भएको छ । कुवेतको आधिकारिक न्युज च्यानलमा यो जानकारी दिइएको बीबीसीले जनाएको छ ।
यसअघि, टीभीमा प्रशारण हुने नियमित कार्यक्रम अचानक बन्द गरी कुरानको श्लोक देखाइएको थियो । कुवेतमा यस्तो सामान्यतया तब मात्र हुन्छ, जब शाही परिवारको कोही व्यक्तिको निधन हुन्छ ।
सन् २०२० सेप्टेम्बरमा उनले कुवेतको अमिरको पद ग्रहण गरेका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८० १९:३७
प्रतिक्रिया दिनुहोस्