site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानलाई हराउँदै यूएई फाइनलमा, उपाधिका लागि बंगलादेशसँग खेल्ने

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) घरेलु मैदानमा जारी एसीसी यू–१९ एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा टेस्ट राष्ट्र पाकिस्तानलाई ११ रनले हराउँदै एसोसिएट टोली यूएईले प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । 

दुबईस्थित आईसीसी एकेडेमीमा भएको सेमिफाइनलमा यूएईले प्रस्तुत गरेको १९४ रनको पछ्याएको पाकिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाएर १८२ रनमात्र बनायो । 

अब उपाधिका लागि यूएईले बंगलादेशसँग खेल्ने छ । बंगलादेशले पनि आजै भएको सेमिफाइनलमा भारतलाई चार विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । 

प्रतियोगितामा नेपाल पनि छनोट भएको थियो । तर, नेपालले भने समूह चरण पार गर्न सकेन । भारत, पाकिस्तान र अफगानिस्तानसँगै समूह ‘ए’ मा नेपालले तीन वटै खेलमा हार बेहोरेको थियो ।

प्रतियोगिताको फाइनल खेल आइतबार हुने छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  २०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro