site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
युक्रेनले नेपाललाई भन्यो– रूसी सेनामा नेपाली नपठाऊ

काठमाडौं ।  युक्रेनले नेपाली युवाहरूलाई रुसी सेनामा नपठाउन आग्रह गरेको छ । युक्रेनले सेनामा भर्ना हुन जाने कार्य तत्काल रोक्न नेपाललाई आग्रह गरेको हो । 

“नयाँदिल्लीमा रहेको युक्रेनको दूतावासले हामीलाई नेपाली युवा रुसी सेनामा भर्ना हुन जाने गतिविधि तत्काल रोक्न आग्रह गरेको छ,” स्रोतले भन्यो । 

नेपाल र युक्रेनबीच मैत्रीपूर्ण सम्बन्ध रहेका कारण यस्ता गतिविधि नरोकिए सम्बन्धमा चिसोपना बढ्नेतर्फ पनि युक्रेनको दूतावासले सतर्क गराएको स्रोतले जनाएको छ । 

रुस–युक्रेन युद्ध सुरु भएपछि ठूलो संख्यामा नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा मात्र ३० जनाका परिवारले रुसी सेनामा रहेका आफ्ना आफन्तलाई उद्धार गरी फर्काउन आवेदन दिएका छन् ।

युक्रेनको नियन्त्रणमा रहेका नेपालीको संख्या चार पुग्यो 

रुस–युक्रेनमा युद्धमा हालसम्म ६ जना नपाली मारिएका छन् । मारिएका सबै रुसी सेनामा कार्यरत थिए । 

परराष्ट्र मन्त्रालयले हालैमात्र नेपालका लागि रुसी राजदूतलाई बोलाई नेपालीलाई सेनामा भर्ती गर्ने कार्य रोक्न र भर्ती भएकालाई तत्काल फिर्ता पठाउन भनेको छ । यसै विषयलाई लिएर मन्त्रालयले रुसलाई कूटनीतिक नोट पनि पठाएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro