पोखरा । विद्युतीय सवारी ब्रान्ड सेरेसले पोखराको नागढुंगामा आफ्नो तेस्रो अत्याधुनिक सोरुम सञ्जालनमा ल्याएको छ । कम्पनीले पोखरामा थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) सहितको सोरुम स्थापना गरेको हो ।
नेपालमा सेरेस विद्युतीय सवारी (ईभी)को आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले पोखरामा डिलरसिपका लागि थापा मोटर्स प्रालिसँग साझेदारी गरेको बताएको छ ।
सोरुमले ब्रान्डको पहुँचलाई थप बढाउने र ग्राहकका लागि सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने कम्पनीले जनाएको छ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, एमएडब्लू ग्रुपका चिफ अपरेटिङ अफिसर केशव चन्द्र सेनले सोरुम उद्घाटन गरेका हुन् ।