site stats
बाह्रखरी :: Baahrakhari
देश
असार १५ भित्र विधेयक पारित नभएपछि शिक्षकहरू आक्रोशित, कडा आन्दोलनको चेतावनी
फाइल तस्बिर ।

काठमाडौं । तोकिएको समयमा विद्यालय शिक्षा विधेयक पारित नभएपछि शिक्षकहरू सशंकित बनेका छन् । तोकिएको समय (असार १५ भित्र) ऐन संसद्‌बाट पारित नभएपछि नेपाल शिक्षक महासंघले आज एक विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण भएको हो ।

“...प्रतिबद्धताअनुरूप २०८२ असार १५ गतेसम्म पनि विद्यालय शिक्षा विधेय प्रतिनिधिसभामा पेस भएको छैन । यसबाट आम नेपाली शिक्षक–कर्मचारी सशंकित र आक्रोशित भएका छन्,” महासंघले भनेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महासंघले विगतमा शिक्षकहरूसँग भएका सहमतिलाई समेटेर विधेयक अविलम्ब प्रतिनिधिसभामा पेस गरेर पारित गर्न पनि आग्रह गरेको छ । विधेयकबारे संसद्को शिक्षा समितिमा छलफल भइरहेको छ ।

महासंघले षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जाने चेतावनी पनि दिएको छ । “यो कार्यमा विलम्ब गर्ने सुविधा कसैलाई छैन । यस काममा कुनै पनि खालको विलम्ब र षड्यन्त्र भएमा महासंघ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने कुरा उद्घोष गर्दछौँ । अब हुने आन्दोलनबाट सिर्जना हुन सक्ने परिणामप्रति सचेत रहन तथा यो परिस्थिति निर्माण हुन नदिन सक्रिय र गम्भीर रहन सम्बन्धित सबैमा अपिल गर्दछौँ,” महासंघले भनेको छ ।

सरकारले महासंघसँग गत वैशाख १७ गते विधेयकलाई असार १५ गतेभित्र पारित गर्ने सहमति गरेको थियो ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्