अर्थ व्यवसाय
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को अध्यक्षमा पुनः काजी श्रेष्ठ निर्वाचित भएका छन् ।
शुक्रबार काठमाडौंमा सम्पन्न १३औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रूपमा सात सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । श्रेष्ठ सहकारी खबरका सम्पादक हुन् ।
त्यस्तै, उपाध्यक्षमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सचिवमा विकास न्युजका सहसम्पादक सन्तोष रोकाया, सह–सचिवमा मेरो लगानी डटकमकी सुधा देवकोटा र कोषाध्यक्षमा नेपालपत्रका माधवकुमार खड्का चयन भएका छन् ।
सदस्यमा बाह्रखरी डटकमका बलराम बुढाथोकी र अर्थबजार डटकमकी नमिता दुलाल निर्वाचित भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १७:०१
प्रतिक्रिया दिनुहोस्