site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एक वर्षभन्दा बढीको आयात धान्ने विदेशी मुद्रा सञ्चित

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्षभन्दा बढीको वस्तु र करिब ११ महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चित रहेको बताएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति साढे १३ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त राष्ट्र बैंकले जनाएको हो ।

असार मसान्तको तुलनामा कुल विदेशी विनिमय सञ्चिति ८.९ प्रतिशतले वृद्धि भइ कात्तिक मसान्तमा १२ अर्ब ७५ करोड अमेरिकी डलर पुगेको छ ।

कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३१.५ प्रतिशत, ९४.३ प्रतिशत र २६.७ प्रतिशत रहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu