site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसकै नेताहरू ‘मिसन ८४’ कुर्न सक्दैनौँ भनिरहेका छन् : ओली
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरू आजित भएको दाबी गरेका छन् । 

बिहीबार महाकाली–मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले सत्तामा रहेका कांग्रेसका नेताहरू नै वर्तमान सरकारको कामकारबाहीबाट सन्तुष्ट नरहेको जिकिर गरे । 

उनले कांग्रेसका नेताहरू अहिले नै वि.सं. २०८४ मा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको उल्लेख गरे । मिसन ८४ जनताको र हरेक नेपालीको मिसन भएको उनको भनाइ छ । देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने उनले बताए ।

ओलीले भने, "हामीले परिकल्पना गरेको नै समृद्ध नेपाल र सुखी नेपाली हो । समृद्ध नेपाल र सुखी नेपाली बनाउने सन्दर्भमा हामीले मिसन ०८४ भनेका छौँ । त्यो मिसन ८४ जनताको मिसन हो । एमालेले भनेको, नेतृत्व गरेको हो । नेपाली कांग्रेसकै नेताहरू पनि भन्न थाल्नुभएको छ, मिसन ०८४ पर्खिन सकिँदैन भनेर । किनभने नेपाली कांग्रेसकै नेताहरू पनि यो सरकारसँग आजित भइसकेका छन् । राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर । सबैमा चिन्ता छाएको छ । तसर्थ हामीले अब समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि मिसन ०८४ लाई सफल पार्नैपर्छ ।"

अध्यक्ष ओलीले दिनदिनै देश ओरालो लागिरहेको जिकिर गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro