राजनीति
![बालकृष्ण खाँणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा, थुनामा कि छुट्ने निर्णय हुँदै](https://12khari.top/uploads/posts/Balkrishna1683710767-1702523698.jpg)
काठमाडौं । नक्कली भुटानी शरणर्थी प्रकरणमा पुर्पक्षका निम्ति जेलमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्दा आज उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ ।
सो मुद्दामा उच्च अदालतका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश कोइरालाको इजलासमा यही मंसिर १५ गते राय बाझिएको थियो । त्यसपछि मुद्दा तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो ।
न्यायाधीश पाण्डेले खाँणलाई धरौटीमा रिहा गर्ने आदेश गरेका थिए । खरेलले थुनामै राख्नुपर्ने राय राखेका थिए ।
उनीहरूका रायमा कसको निर्णयक हुने भन्ने न्यायाधीश कोइरालाको आजको इजलाबाट निर्धारित हुनेछ । न्यायाधीश कोइरालाको इजलासमा बिहीबार खाँणको मात्र मुद्दा राखिएको छ ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८० ११:२१
प्रतिक्रिया दिनुहोस्