site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
न्युक्यासल र मिलान बाहिरिए

काठमाडौं । इंग्लिस क्लब न्युक्यासल युनाइटेड यूईएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा न्युक्यासल घरेलु मैदान सेन्ट जेम्सपार्कमा एसी मिलानसँग २–१ ले पराजित भएपछि समूह चरणबाटै बाहिरिएको हो ।

खेलको ३३औँ मिनेटमा जोइलिघंटनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ५९औँ मिनेटमा क्रिस्टियन पुलिसिकले बराबरी गरे । सामुयल चुकवुजले ८४औँ मिनेटमा निर्णायक गोल गरेका हुन् ।

Dabur Nepal
NIC Asia

जितका बाबजुद एसी मिलान समूह ‘एफ’मा गोलअन्तरमा पछि पर्‍यो । समूह चरणबाट अघि बढ्न सकेन । समूहमा ६ खेलबाट ११ अंकसहित डर्टमन्ड शीर्ष स्थानमा रह्यो ।

दोस्रो स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) र मिलानको समान आठ अंक थियो । गोलअन्तरमा मिलान पछाडि परेपछि पीएसजी उपविजेताका रूपमा अन्तिम–१६ मा प्रवेश गरेको हो । पुछारको न्युक्यासलको ६ खेलबाट पाँच अंक मात्र रह्यो ।

बुधबार राति नै भएको खेलमा बोरुसिया डर्टमन्ड र पीएसजीले १–१ गोलको बराबरी खेलेका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro