site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शेखर–गगनले दिन खोजेको सन्देश : हामी एक ढिक्का छौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । असहमतिकैबीच नेपाली कांग्रेसको शेखर कोइराला समूहको बैठक सम्पन्न भएको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बुधबार बसेको बैठकले नेतृत्वको मन माझामाझ गर्ने प्रयास गरेको नेताहरू बताउँछन् ।

बैठकको सुरुमै नेता शेखर कोइरालाले महामन्त्री गगन थापासँग आफ्नो कुनै प्रकारको मतभेद नरहेको भन्दै अनावश्यक बाहिर प्रचार नगर्न भनेका थिए । 

बैठकमा समूहबाट १४औँ महाधिवेशन लडेर विभिन्न पदमा जितेका र हारेकाहरूलाई सहभागी गराइएको थियो । बैठकपछि प्रतिक्रिया दिँदै समूहका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले समूह एक ढिक्का भएको सन्देश दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता कोइरालाले गगनसँग मुद्दामा मतभेद नरहेको तर कार्यशैलीमा भने फरक रहेको स्वीकार गरे ।

“एजेन्डामा महामन्त्री र मेराबीच केही पनि फरक छैन,” कोइरालाले भने, “गगनजीको र मेरो उमेरमा फरक छ । यसकारण स्टाइल अफ फङ्सनिङ फरक पर्छ, त्यो स्वाभाविक हो ।” नेता कोइरालाले त्यसबाहेका कुनै समस्या नरहेको जिकिर उनले गरे ।

Global Ime bank

महामन्त्री थापाले समूहमा संवादको अभावले असमझदारी बढेको स्वीकार गरे । तर, उनले प्रचार भएजस्तो मतभेद नभएको दाबी गरे ।

“संवादको कमी भयो । हामी महिनौपछि बैठक बसेका छौँ । सांसद, केन्द्रीय सदस्यसँग गर्ने संवाद सयौँ साथीहरूसँग संवाद भएको छैन,” थापाले भने, “संवाद कम भएपछि असमझदारी बढ्छ । फरक मत हुन्छन् । तर, एक ठाउँमा बसेर निरुपण गरेर जानुपर्छ । कम छलफल गर्दा असमझदारी भएको हो । यसलाई हटाउने कुरा भएको छ ।”

देउवा भन्दा कसरी भिन्न ?

बैठकमा बोल्ने केन्द्रीय समूहका नेताहरूले समूहभित्रको विवाद के हो भन्दै प्रश्न गरेका थिए । उनीहरूले समूह भनेर चलाउने तर निरन्तर छलफल र संवाद नहुने भए कसरी प्रभावकारी हुन्छ भन्दै प्रश्न गरे । तल्ला तहका नेताहरूले यसरी समूह चलाउने भए शेरबहादुर देउवाको शैली भन्दा फरक के भयो भन्ने प्रश्न गरेका थिए । 

बैठकमा सहभागी एक नेताका अनुसार नेताहरूले समूहको समीक्षा र रणनीति तर्जुमामा समूह किन चुक्यो भन्दै प्रश्न उठाएका थिए ।

“देउवालाई प्रश्न गरेर खराब भन्ने अनि हामी ठिक नहुने ? दुई महिनामा केन्द्रीय समिति बस्ने बसेन भनेर देउवालाई प्रश्न गर्ने अनि दुई महिनामा हामी पनि बैठक नबस्ने ? समीक्षा गर्नुपर्दैन,” ती नेताले भने, “गगनजीलाई भोट कम गयो, यो समीक्षा भएन किन ? यस्ता धेरै विषय छन् । टिम एकढिक्का छैन भन्ने बाहिर छ के हो यो ? भन्ने प्रश्न उठेको छ ।”

बैठकमा बोलेकाहरूले देउवालाई गाली गरेर मात्र गुट चल्छ भन्दै समूह पनि सिस्टममा नचले देउवा भन्दा फरक कसरी भयो र भन्ने प्रश्न उठाएको अर्का एक नेताले बताए । 

नेता गुरु घिमिरेका अनुसार बैठकमा समूहको व्यवस्थापन नमिल्ने बित्तिकै बाहिर बोल्ने कि भित्र मिलाउने भन्ने विषयमा कुरा उठेको भन्दै देउवा र आफूहरूमा के फरक भयो भन्नेर आफूले प्रश्न उठाएको बताए । 

“समूहगत रूपमा शेरबहादुर दाइको कार्यशैली मिलेन, भएन भन्छौँ । शेरबहादुर दाइ र हामीमा फरक के त ? विधान पालनाको सन्दर्भमा फरक के ? निर्णय प्रक्रिया पारदर्शी हुने नहुने के ? अवसरको वितरणमा फरक के ?,” प्रश्न गर्दै उनले भने, “कार्यशैली जीवनशैलीमा फरक के ? उहाँ र हामीमा के फरक भयो त ? झन् खराब हुने हाम्रो कुरा । अनि उहाँलाई झन खराब भन्ने कुरा त मोरल राइट नै भएन ।”

शेखर र गगनलाई बचाउने होडबाजी 

बैठकमा शेखर र गगनको प्रतिरक्षामा निकट नेताहरूले प्रतिक्रिया दिएका थिए । बैठकमा बोल्दै महामन्त्री थापा निकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले महामन्त्रीमाथि निरन्तर प्रहार भइरहेको भन्दै प्रश्न गरेको एक नेताले बताए ।

“कोसीको मुख्यमन्त्री केदार कार्कीले महामन्त्रीलाई केटाकेटी भनेको के हो ? यसमा वरिष्ठ नेताको अफिसियल धारणा के हो ? महामन्त्रीको घाँटी समाउने भनेर उहाँले भन्नुभयो,” ती नेताले भने । 

शिवाकोटीपछि बोलेका नेता रञ्जित कर्णले पनि कुरा ठिक भएको भन्दै शेखर कोइरालालाई निरन्तर प्रहार र गाली किन भन्दै प्रतिप्रश्न गरेको ती नेताले बताए । 

“गगनजीका मानिसहरूले पनि शेखर दाइलाई किन निरन्तर गाली गरेको ? यो समूहलाई वैचारिक समूह बनाउने भए मिलेर जाउँ भनेर उहाँले भन्नुभयो,” ती नेताले भने । 

राष्ट्रिय सभामा नयाँलाई अवसर दिनुपर्ने

बैठकमा बोलेका अधिंकाश सदस्यहरूले आगामी राष्ट्रिय सभा निर्वाचनमा नयाँ उमेदवारलाई अवसर दिनुपर्ने धारणा राखेका छन् । राष्ट्रिय सभामा कृष्ण सिटौला, गोपालमान श्रेष्ठ जस्ता पुराना नेताहरूलाई उमेदवार बनाउन नहुने नेताहरूको तर्क छ ।

महामन्त्री थापाले नै यसअघि निर्वाचन नलडेका र मौका पनि नपाएकाहरूलाई राष्ट्रिय सभा निर्वाचनमा उमेदवार बनाउनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए । यसका लागि पार्टी सभापति देउवालाई दबाब दिने निर्णय भएको उनले बताए ।

राष्ट्रिय सभा निर्वाचनमा एउटा मापदण्ड बनाएर जाने विषयमा पनि छलफल भएको उनको भनाइ छ । यस्तै, महासमिति बैठक सार्न नहुने निष्कर्षमा पनि बैठक पुगेको उनले बताए । 

“यसपटक राष्ट्रिय सभा निर्वाचनमा दुईवटा कुरा स्पष्ट हुनुपर्छ भनेर छलफल गर्‍यौँ । एउटा, मापदण्ड । नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभामा जाँदै छ भने राष्ट्रिय सभाको जुन स्पिरिट छ, संविधानको जुन स्पिरिट छ । यी सबै कुराहरूको आधारमा जो साथीहरू राष्ट्रिय सभामा जान योग्य हुनुहुन्छ । अहिलेसम्म मौका पाउनुभएको छैन । जसले यो भन्दा अघिको निर्वाचनमा भाग लिनुभएको छैन । ती साथीहरू जाने कुरा र दबाब सिर्जना गर्ने कुरा भएको छ,” थापाले बैठकपछि भने । 

बैठकमा पार्टी सभापतिले सबैसँग न्यायपूर्ण व्यवहार नगरेको पनि छलफल भएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय