site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ईयू र सेभ द चिल्ड्रेनले भूकम्पपीडितलाई ८०० थान टेन्ट वितरण गर्ने

काठमाडौं । युरोपेली संघ (ईयू) अन्तर्गतको युरोपेली नागरिक सुरक्षा एवं मानवीय अपरेसन (ईसीएचओ)को सहयोगमा सेभ द चिल्ड्रेनले ८०० थान टेन्ट प्राप्त गरेको छ ।

यी टेन्टहरू जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित घरपरिवारलाई वितरण गरिने भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोले ती टेन्ट सेभ द चिल्ड्रेनलाई हस्तान्तरण गरेका हुन् ।

जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा विनाशकारी भूकम्प गएपछि बढ्दो चिसोले हालसम्म तीन बालबाललिकासहित कुल ३२ जनाको मृत्यु भइसकेको छ ।

ईयूबाट उपलब्ध यी टेन्ट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा ढुवानी गरिनेछ ।

२३ वर्ग मिटर क्षेत्रफलको बासस्थल प्रदान गर्ने यी टेन्टहरु अग्निरोधक, जलरोधक र स्टोभयुक्त पनि भएकाले यसले प्रयोगकर्तालाई बढ्दै गरेको चिसो छल्न सहयोग पुग्ने बताइएको छ ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि टेन्ट र अन्य सरसामन सहयोग गर्न पाउँदा यूरोपेली संघलाई खुसी लागेको राजदूत लोरेन्जोले बताएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro