अर्थ व्यवसाय
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमापक नेप्से परिसूचक झिनो अंकले बढेको छ ।
आज नेप्से २.६० अंकले बढेर १९८८.०४ विन्दुमा पुगेको छ । २९२ धितोपत्रको एक करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँमा किनबेच भएको छ ।
सेन्सेटिभ इन्डेक्स पनि ०.२५ बढेर ३७५.३० विन्दुमा पुगेको छ । १३ वटा उपसमूहमध्ये ९ उपसमूहको समूहगत सूचक बढेको छ । चार वटा उपसमूहको समूहगत सूचक घटेको छ ।
बुधबार बोटलर्स नेपालको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको ५.६९ प्रतिशले घटेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८० १५:२९
प्रतिक्रिया दिनुहोस्