site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बायर्नसँगको हारपछि युनाइटेडको युरोपा लिग खेल्ने सम्भावना समाप्त
Tiktok banner adTiktok banner ad

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग १–० ले पराजित भएपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको युरोपा लिग खेल्ने सम्भावना समाप्त भएको छ । 

मंगलबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा भ्रमणकारी टिमलाई जित दिलाउन किंगस्ले कोमनले निर्णायक गोल गरे । कोमनले ७०औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । 

यो हारसँगै युनाइटेड समूह ‘ए’ को पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । युनाइटेडले ६ खेलबाट चार अंकमात्र जोड्न सक्यो । आजको खेलमा जित वा बराबरीको नतिजाले युनाइटेडले कम्तिमा युरोपा लिग खेल्ने समीकरण थियो । च्याम्पियन्स लिगबाट समूहका शीर्ष दुई टिम दोस्रो चरणमा प्रवेश गर्दा तेस्रो हुने टिमले युरोपा लिग खेल्न पाउँछ ।

समूह ‘ए’ बाट बायर्न शीर्ष र एफसी कोपनहेगेन दोस्रो स्थानमा रहँदै प्रि–क्वार्टरफाइनल प्रवेश गरे । 

मंगलबार नै भएको अर्को खेलमा गालाटासारेविरुद्ध १–० को जित निकालेपछि एफसी कोपनहेगेनले दोस्रो स्थान सुनिश्चित गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro