site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साइबर सुरक्षासम्बन्धी कानुन बनाउँदै छौँ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर सुरक्षासम्बन्धी कानुन बनाउन लागेको बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले सरकार साइबर सुरक्षासम्बन्धी कानुनी र संरचनागत व्यवस्था गर्न जुटिरहेको जानकारी दिइन् ।

उनले सरकारले जारी गरेको राष्ट्रिय साइबर सुरक्षा नीतिअनुरूपको आवश्यक कानुनहरू, सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक, साइबर सुरक्षा, डाटा संरक्षणलगायतका विभिन्न कानुनहरू बनाउन लागिएको बताइन् ।

उनले नेपाल–भारत सिमानामा साइबर अपराधका घटना बढ्न नदिन दुवै देशका बीचमा आवश्यक समन्वय हुनुपर्ने पनि बताइन् । यसका लागि दुई देशबीच साझेदारी पनि आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्री शर्माले अहिलेसम्म राष्ट्रिय परिचयपत्रका लागि एक करोड ३१ लाख ५० हजार नागरिकको विवरण डिजिटाइजेसन गरिसकेको जानकारी गराइन् । त्यस्तै, ९ हजार ६ सय डिजिटल हस्ताक्षर वितरण गरिएको पनि उनले बताइन् ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  २१:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro