site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फुटपाथ व्यवसायीको पक्षमा उभिन पुगेका ई:लाई स्थानीयको अवरोध

काठमाडौं । फुटपाथ व्यवसायीको पक्षमा ललितपुर महानगरपालिका अगाडि उभिन पुगेका सामाजिक अभियन्ता ईःको कार्यक्रमलाई स्थानीयले अवरोध गरेका छन् ।

फुटपाथ व्यवसायीलाई हटाउने निर्णयविरुद्ध मंगलबार दिउँसो ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिएर प्रदर्शन गर्न पुगेका ई:लाई स्थानीयले अवरोध गरेका हुन् ।

स्थानीयले 'फुटपाथ पैदलयात्रीको पहिलो अधिकार' लेखिएको ब्यानरसहित विरोध प्रदर्शन गरेका थिए । त्यसक्रममा स्थानीय र ई: समर्थकबीच विवादसमेत भएको थियो ।

II-Lalitpur-(5)-1702384135.jpg

ललितपुर महानगरले मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार रुटमा फुटपाथ पसल राख्न निषेध गरेको छ ।

यसअघि ई:ले फुटपाथ व्यवसायीलाई विकल्प दिनुपर्ने मागसहित काठमाडौं महानगरविरुद्ध राष्ट्रिय सभागृह अगाडि १९९ घण्टा उभिएर प्रदर्शन गरेका थिए । असोज १० मा काठमाडौं महानगर र ईः बीच सम्झौता भएको थियो । 

II-Lalitpur-(1)-1702384135.jpg

II-Lalitpur-(4)-1702384134.jpg

II-Lalitpur-(3)-1702384133.jpg

II-Lalitpur-(2)-1702384132.jpg

 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro