site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवैध हिरासहित फर्पिङबाट भारतीय नागरिक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । अवैध हिरासहित काठमाडौंको दक्षिणकाली नगरपालिका–५, फर्पिङबाट एकजना पक्राउ परेका छन् । करिब तीन लाख २७ हजार ३३९ रुपैयाँबराबरको हिरासहित भारतको पश्चिम बंगालका ४४ वर्षीय सञ्जय मैतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंको सुन्धारामा बस्दै आएका उनलाई गए राति पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उनी वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज ५४७७ नम्बरको सुमोमा सवार थिए । जाँच गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भन्सार छली ल्याएको उक्त धातु सुनचाँदी व्यवसायी संघबाट परीक्षण गर्दा हिरा भएको पुष्टि गरिएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro