site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतविरुद्ध नेपाल ५२ रनमै अल आउट 

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपालले ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले २२.१ ओभरमा सबै विकेट गुमाएर ५२ रनमात्र बनाउन सक्यो । 

यू–१९ टिमले एकदिवसीय क्रिकेटमा बनाएको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो । यसअघि नेपालले सन् २००८ मा वेस्ट इन्डिजविरुद्ध ७४ रन बनाउनु सबैभन्दा सानो योगफल थियो ।

भारतविरुद्ध नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हेमन्त धामीले आठ रन जोड्नु नै नेपाली टिमको व्यक्तिगत उच्च स्कोर बन्यो । नेपालका ओपनर दीपक बोहराले एक, अर्जुन साउदले सात, कप्तान देव खनालले दुई, गुल्सन झाले चार र दीपक बोहराले सात रन जोडे । सुवास भन्डारी दुई र दीपेश कँडेल चार रनमा आउट हुँदा आकाश चन्द चार रनमा अविजित रहे । यस्तै, उत्तम मगर र दीपक डुम्रे भने शून्यमै पभेलियन फर्किए ।

नेपाललाई सस्तैमा समेट्न भारतका राज लिम्बानीले सात विकेट लिए । ९.१ ओभर बलिङ गरेका राजले तीन मेडन राख्दै १३ रन खर्चिए । आरध्य शुक्लाले दुई र अर्सिन कुलकर्णीले एक विकेट लिए ।

नेपालले यसअघि प्रतियोगिताको दुवै खेलमा हार बेहोरेको थियो । यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले र अफगानिस्तानविरुद्ध ७३ रनले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालबाहेक बाँकी तीनै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro