site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतविरुद्ध ब्याटिङमा नेपाल 

काठमाडौं । यू–१९ एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । यूएईस्थित आईसीसी एकेडेमी ओभर–२ मा हुने खेलका निम्ति भएको टस जितेर भारतीय टिमले पहिले फिल्डिङको निर्णय गरेको हो ।

प्रतियोगितामा यसअघिका दुवै खेल हारेको नेपाल पहिलो जितको खोजीमा छ । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले हारेको थियो । दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित भएको थियो ।

समूह ‘ए’मा नेपालबाहेक बाँकी तीनै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आउँदो पुस १ गते हुनेछ ।

गएको अक्टोबरमा भएको छनोटबाट नेपाल, यूएई र जापानले शीर्ष तीन स्थान हासिल गर्दै एसिया कपमा ठाउँ बनाएका हुन् । नेपाल प्रिमियर कपको विजेता, यूएई उपविजेता र जापानले तेस्रो स्थान सुरक्षित गर्दै यूएईको टिकट काटेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro