site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आईपीओमा १० कित्ते नीति पुनरवलोकन गर्न समिति गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ)मा हालको १० कित्ते नीति पुनरवलोकन गर्न समिति गठन गरेको छ ।

बोर्ड सदस्य प्रविणकुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो । सदस्यमा बोर्ड सदस्य भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सहकार्यकारी निर्देशक अम्बिका गिरी छन् ।

समितिलाई समय भने तोकिएको छैन । पछिल्ला समय १० कित्ते नीतिले गर्दा पनि सेयर बजारमा प्रभाव पारेको बताउँदै आइरहेको छ । यसको विकल्पमा के गर्न सकिन्छ भनेर समितिले अध्ययन गरेर प्रतिवेदन पेस गर्नेछ ।

हाल आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिन सक्ने व्यवस्था छ । यो नीतिले सेयरको पहुँच गाउँगाउँ पुगेको पनि कतिपयको भनाइ छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro