site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सामाजिक अभियन्ता ईः ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने 

काठमाडौं । सामाजिक अभियन्ता ईः ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने भएका छन् । अभियन्ता ईःले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ललितपुरको सपना नमार्न अनुरोध गरेका छन् । 

बिहान–साँझ फुटपाथ बजारहरू हटाउने निर्णयमा पुनर्विचार गर्न ईःले महानगरसँग आग्रह गरेका छन् । ईः भोलि (मंगलबार) दिउँसो ३ बजेदेखि महानगरअगाडि उभिने बताएका छन् ।  

“सहर भनेको कार भएकाहरूको लागि मात्र नभएर सबैका लागि हो भन्ने यलको प्रयासलाई सबैले प्रशंसा गरिरहेका छन्,” ईःले लेखेका छन् । 

उनले विस्थापन नभएर व्यवस्थापन गर्न समेत बताएका छन् । उनले लेखेका छन्, “कर लेउ, गरी खान देऊ’ विस्थापन होइन, व्यवस्थापन गर ।”

यसअघि ईः काठमाडौं महानगरपालिका अगाडि निरन्तर ९ दिनसम्म उभिएका थिए । 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro