site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतीय भूमिमा विराटनगरका युवकमाथि गोली प्रहार
प्रतीकात्मक तस्बिर ।

विराटनगर । मोरङको विराटनगरस्थित नेपाल–भारत सीमामा एक युवकमाथि गोली प्रहार गरिएको छ । घटनामा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका छन् । कोसी अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ विराटनगर–१६, दशगजानजिकै भारतीय क्षेत्रमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको बताइएको छ ।

उनी  खाद्यसामग्री किन्न जोगबनी गएको भन्ने बुझिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रञ्जनकुमार दाहालले बताए ।

रेल्वे स्टेसनतिर समूहमा रहेका ६ युवासँग जम्काभेट भएको र सोही क्रममा वादविवाद हुँदा आफूमाथि गोली प्रहार गरिएको संग्रौलाले बताएका छन् ।

कोसी अस्पतालका मेडिकल अफिसर डा. तुलसी गोइतले संग्रौलाको तिघ्रामा गोलीजस्तो वस्तु एक्सरेका क्रममा देखिएको बताए ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro