site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेको सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन : ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । अध्यक्ष ओलीले मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न ढिलाइ गर्न नहुने बताए ।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राको क्रममा आइतबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा ओलीले आफ्नो पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्था नै नहुने दाबी समेत गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

"मेलम्ची आयोजनाको कुरा हामीलाई थाहा छ । नेकपा (एमाले)को सरकार हुँदैन थियो भने मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन," ओलीको भनाइ थियो ।

उनले अगाडि थपे, "म तपाईंहरूलाई भन्न चाहन्छु– तपाईंहरू निराश हुनुपर्दैन, अहिलेको अवस्था हेरेर । यस्ता सरकारहरू आउँछन्, जान्छन् । गठबन्धनहरू बन्छन्, भत्किन्छन् । कुनै ठूलो कुरा होइन । तर, हामी हाम्रो देश बिग्रन दिँदैनौँ ।"

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  २०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement