राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत भने गरेका छैनन् ।
उनले मंसिर २० गते नै राजीनामा बुझाएको र प्रधानमन्त्रीले स्वीकृत नगरेको बताए ।
“मैले २० गते राजीनामा दिएको हुँ, तर स्वीकृत भएको छैन,” उनले बाह्रखरीसँग भने, “तर, कारण भने अहिले खुलाउँदिनँ ।”
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० १६:४९
प्रतिक्रिया दिनुहोस्