site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बैंकहरू मिटरब्याजीजस्तो हुनु हुँदैन : ओली
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैंकहरू मिटरब्याजीजस्तो हुन नहुने बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्राअन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले बैंकले निर्मम साहु, मिटरब्याजी तरिकाले नभएर विकासका निम्ति सहयोगी र अनुकूल संस्थाका रूपमा काम गर्न आवश्यक रहेको औँल्याए । “बैंकले निर्मम साहुजी होइन, मिटरब्याजी तरिका होइन, बैंकले विकासको लागि सहयोगी र अनुकूल संस्थाको रूपमा काम गर्नुपर्छ ।”

बैंक र ऋणीबीचको सहमतिमा ब्याजदर घटबढ गर्ने नियमावलीमा लेखिएको भए पनि पछिल्लो समय घट्ने हुँदै नहुने र बढ्ने मात्र भइरहेको उनले टिप्पणी गरे ।

Dabur Nepal
NIC Asia

“बैंकहरूबाट जुन सर्तमा ऋण दिएको छ, त्यो सर्त पालना हुनुपर्छ । कुनै कारणवश त्यो सर्त पालना हुनै नसक्ने अवस्था आयो भने दुई पक्षको सहमतिपछि मात्रै बैठकले घटबढ गर्नेछ भन्ने लेख्या हुन्छ, तर घट् भन्ने त लेख्या मात्रै हो, कहिल्यै हुँदै हुँदैन,” उनले भने, “बढ् मात्रै हुने हो । त्यो बढ् एकलौटी बढ्न नपाउने व्यवस्था हुनुपर्छ ।”

उनले बैंकले एकलौटी ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरे । बैंकहरूले कर्जाको ब्याजदरलाई ‘सिंगल डिजिट’मा ल्याउनुपर्नेमा उनले जोड दिए ।

“अहिलेको अवस्थामा रहेको ऋणको ब्याजलाई सिंगल डिजिटमा ल्याउनुपर्छ । रिस्टक्चरिङ गर्नुपर्छ,” उनले भने, “अलिकति म्याद थप गरेर उद्यम, व्यवसायहरू अप्ठ्यारोमा परेको बेलामा सहयोग गर्नुपर्छ ।”

अध्यक्ष ओलीले अप्ठ्यारोमा परेका बेला ऋणीको गजबको जग्गा रहेछ भन्दै लिलामीमा राख्ने तरिका उपयुक्त नभएको पनि बताए । ऋण लिनेहरूले नै बैंकहरू चलाइदिने, ब्याज तिरिदिने र पैसा गतिशील बनाइदिने उनको भनाइ छ । उनले बैंक र ऋणीको सम्बन्ध तनावका रूपमा नभएर सुमधुर हुन आवश्यक रहेकामा जोड दिए ।

“बैंकले के बुझ्नुपर्छ भने, डिपोजिटकर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार हुन् । लोन लिए न बैंक चल्छ, पैसा थुपारेर बैंकले के गर्छ ? डिपोजिट गर्नेहरूको ब्याज कसरी फिर्ता गर्छ ? त्यसकारण अहिले ऋण लिनेहरू फालाफाल भएको हुनाले अहिले बैंकहरूले ऋण लिनेहरूको महत्त्व बुझेका छैनन्,” उनले भने, “ऋण लिनेले नै हो बैंकहरू चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने । त्यसकारण यो सम्बन्ध तनावको रूपमा होइन, सुमधुर सम्बन्धको रूपमा बनाउनुपर्छ । आईएलओको सिद्धान्तको रूपमा विकास गर्नुपर्छ ।”

उनले वर्तमान सरकारले सार्वभौमसत्ताको सम्मान गर्न नसकेको टिप्पणी गरे । आफू प्रधानमन्त्री भएका बेला बनाएको पोखरा विमानस्थलमा वर्तमान सरकारले उडान भर्न नसकेको भन्दै उनले आपत्ति जनाए । चिनियाँ ठेकेदारले विमानस्थल बनायो भन्दैमा उडान गर्न नदिने विषयलाई सरकारले मान्ने काम राम्रो नभएको उनले बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro