site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सामूहिक भोजपछि लमजुङमा एकजनाको मृत्यु, १८ जना अस्पताल भर्ना 
प्रतीकरात्मक तस्बिर ।

काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका–८ मा सामूहिक भोज खाएका एकजनाको मृत्यु भएको छ । १८ जना अस्पताल भर्ना भएका छन् । 

सुन्दरबजार नगरपालिका–९ बस्ने देवी परियारको मृत्युको कारण ‘फुड पोइनज’ भएको बताइएको छ । उनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । 

सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा सामूहिक भोज आयोजना गरिएको बताइएको छ । भोज खाने ३५ जनामध्ये १८ जना फुड पोइजनका कारण अहिले अस्पताल भर्ना भइसकेको एचडीसीएस नमुना सामूदायिक अस्पतालले जनाएको छ । 

शुक्रबार सामूहिक भोज खाएर घर गएका वडा नम्बर–८ र ९ का व्यक्तिहरू हिजो शनिबारदेखि बिरामी पर्न थालेका थिए । घरमै साधारण उपचार गर्दा समस्या देखिएपछि उनीहरू शनिबार बेलुका अस्पताल पुगेका थिए । भोजमा सहभागीहरू आइतबार बिहानसम्म पनि अस्पताल आइरहेको बताइएको छ । अस्पताल आएका बिरामीहरूमा ज्वरो र झाडापखलाको समस्या देखिएको छ ।

 भोजमा सहभागीहरूले भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएको बताइएको छ ।  

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro