site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचन पद्धतिलाई वैज्ञानिक बनाउनुपर्छ : झलनाथ खनाल
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लामो राजनीतिक संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताएका छन् ।

पार्टीको निर्वाचन आयोगद्वारा शनिबार आयोजित विद्युतीय मतदानसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले अद्यावधिक निर्वाचनमार्फत जनप्रतिनिधिले शासन व्यवस्था सञ्चालन गर्ने अहिलेको व्यवस्था राजनीतिक रूपमा उन्नत प्रणाली भएको बताए ।

समाजमा वर्गसंघर्षको उदय भएपछि लोकतन्त्रको उदय भएको बताउँदै उनले भने, “हामी अहिले गणतन्त्रमा छौँ । लोकतन्त्र क्रमिक रूपमा विकास हुँदै जान्छ । लोकतन्त्र वर्गीय विभेदको अन्त्य गर्ने शासन हो ।”

विश्वमा विकास भइरहेका सूचना प्रविधिलाई प्रयोग गरी जीवनशैलीलाई सहज बनाउन सकिने उनले बताए । नेता खनालले प्रविधिलाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिए । समाज रूपान्तरणका निम्ति आर्थिक र सामाजिक संरचनामा प्रविधिले प्रभाव पारेको उनको भनाइ थियो ।

इतिहासकारले इतिहास बिगारेका बताउँदै उनले भने, “दासयुगमा आइसकेपछि केही गणराज्यको इतिहास देखिन्छ । नेपालको इतिहासलाई हेर्दा शाक्य र कोलियो गणराज्यमा निर्वाचन हुन्थ्यो । त्यहाँ गणतन्त्र थियो । हाम्रो इतिहास नै गणतन्त्रको इतिहास हो ।”

सम्मानित नेता खनालले सामान्तवादी युगमा केही राजाहरू आएको भन्दै तत्कालीन समयमा निरंकुश वंशले शासन गरेका कारण त्यो समयमा लोकतन्त्र विकास हुन नसकेको बताए ।

नेता खनालले अहिले प्रविधिको विकास तीव्र रूपमा विकास भइरहेको बताउँदै निर्वाचन पद्धतिलाई पनि वैज्ञानिक बनाउनुपर्नेमा जोड दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  २२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro