site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘नेपालगञ्ज वाकाथन’ सुरु

बाँके । भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना भएको छ । बास नेपालले आयोजना गरेको ‘वाकाथन’ आज बिहान ९ बजे स्थानीय गणेशमान चोकबाट सुरु भएको हो । 

उक्त वाकाथनमा नेपाल प्रहरीको ब्याण्डबाजा, विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन, पर्चा, पम्लपेट गरिएको छ । तेस्रो पटक आयोजना भएको वाकाथनले नेपालगञ्जको परिचय बढाउने आयोजकको विश्वास छ ।  

सन् २००३ को डिसेम्बर ९ मा संयुक्त राष्ट्रसंघीय महासभाले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गरेपछि हरेक वर्ष उक्त दिवस मनाउने प्रचलन छ ।  

वाकाथनको व्यवस्थापन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा भइरहेको छ । वाकाथन नेपालगञ्जको गण बीपीचोक हुँदै धम्बोझी चोकमा पुगेर समापन हुनेछ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu