site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लापसे चेकिङमा नागढुंगाबाट एकैदिन सातजना चालक प्रहरी नियन्त्रणमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा सातजना चालकलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौंको नागढुंगामा शुक्रबार गरिएको चेकिङका क्रममा बा ४ ख ५५ १५ नम्बरका बस चालक धादिङको नीलकण्ठ नगरपालिका ३ का ३५ वर्षीय रमेश राम शाक्य, ना ८ ख ८४ ९४ नम्बरका बस चालक कञ्चनपुरको शुक्लाफाटा नगरपालिका ११ घर भएका ३२ वर्षीय विक्रम विष्ट, ग १ ख २५ ३१ नम्बरका हाइस चालक चितवन घर भएका  ३७ वर्षीय डिल्ली राम काफ्ले र ग १ ज ८० ९८ नम्बरका ट्याक्सी चालक तनहुँको भानु नगरपालिका १ का २१ वर्षीय राजु गोतामेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, प्रदेश १–०२–००१ ख ९३ ८२ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १२ घर भएका २८ वर्षीय प्रविण स्याङ्तान, वाग्मती प्रदेश ०१–०२६ च ८९ ८४ नम्बरका पिकअप चालक सिन्धुलीको तिनपाटन गाउँपालिका १ का २४ वर्षीय छविलाल दमाई (परियार) र वाग्मती प्रदेश ०१–०२५ च ७९७ नम्बरका पिकअप चालक उदयपुरको कटारी नगरपालिका ९ का २४ वर्षीय राम कुमार खत्रीलाई पनि ‍लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारकाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  २३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement