site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
झापा र वीरगन्जबीचको पहिलो हाफ गोलरहित बराबर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा झापा एफसी र वीरगन्ज युनाइटेड एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । 

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफभर झापाले दबाब बनाए पनि गोल गर्न सकेन ।

११औँ मिनेटमा झापाका समन्दर ओकिलोभले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारलाई वीरगन्जका गोलकिपर दीप कार्कीले विफल बनाए । झापाका कप्तान लक्ष्मण रुचालले कर्नरबाट निकालेको पासलाई १८ यार्ड बक्सबाहिर रहेका ओकिलोभले ‘फर्स्ट टच’ प्रहार गरेका थिए ।

Jhapa-Birgunj-NSL-1702037425.jpg

१२औँ मिनेटमा पोस्ट बाधक बन्दा झापाले अग्रता बनाउन सकेन । समन्दार ओकिलोभले १८ यार्ड बक्सबाहिरबाट गरेको प्रहार सेकेन्ड बारमा लागेर फर्किएपछि झापाले अग्रता बनाउन सकेन ।

३२औँ मिनेटमा झापाका कप्तान लक्षम रुचालले गोलको सुन्दर अवसर खेर फाले । मैदानको मध्यभागबाट निकालेको बललाई पेनाल्टी बक्सभित्र नियन्त्रणमा लिँदै ‘वान भर्सेस वान’को अवस्थामा वीरगन्जका कप्तान तथा गोलकिपर दीप कार्कीलाई ‘बिट’ गर्न सकेनन् ।

Jhapa-Birgunj-1702037425.jpg

४३औँ मिनेटमा झापाका ओर्गे सान्चेजले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पुनः दीपले जोगाए । डिफेन्स लाइनबाट छिरिङ लामाले निकालेको क्रसलाई नियन्त्रणमा लिँदै सान्चेजले गरेको बलियो प्रहारलाई दीपले पन्च गरी बाहिर फ्याके । 

पहिलो हाफमा झापाको निरन्तर दबाब झेलेको वीरगन्जले गतिलो आक्रमण बनाउन सकेन । 

Birgunj-NSL-1702037424.jpg

प्रतियोगितामा आज दुवै टिम पहिलो जितको खोजीमा छन् । तीन खेलबाट दुई अंक जोडेको झापा तालिकाको आठौँ र एक अंक जोडेको वीरगन्ज तालिकाको पुछारमा छ ।

Jhapa-NSL-1702037424.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro