site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अमेरिका पठाइदिने भन्दै ६४ लाख ठगी गरेको आरोपमा युवक पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिका पठाइदिने भन्दै ६४ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ का २८ वर्षीय रमेश न्यौपाने छन् । उनी काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए ।

उनलाई बिहीबार दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

न्यौपानेले गणेश अधिकारीसहित पाँचजनालाई वैदेशिक रोजगारीका निम्ति अमेरिका पठाइदिने बताएका थिए । त्यसका निम्ति प्रतिव्यक्ति ४५ लाख रुपैयाँ लाग्ने उनको भनाइ थियो । अमेरिका पुगेपछि प्रतिष्ठित होटेलमा काम लगाइदिने र मासिक तीन लाख रुपैयाँ तलब हुने भन्दै उनले प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

‘पीडित’बाट पटक–पटक गरी न्यौपानेले ६४ लाख ४५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको प्रहरीले जनाएको छ ।

Global Ime bank

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका निम्ति वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement