site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
माछापुच्छ्रे सेक्युरिटिजको औपचारिक उद्घाटन

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको औपचारिक उट्घाटन गरिएको छ । काठमाडौंको जमलस्थित नेपाल चेम्बरको भवनमा कार्यालय रहने गरी सेक्युरिटिजको औपचारिक उद्घाटन गरिएको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

धितोपत्र बजारमा यो कम्पनीले महत्त्वपूर्ण योगदान गर्ने केसीको विश्वास छ । धितोपत्र बजार पुँजी परिचालन गर्ने महत्त्वपूर्ण क्षेत्र भएकाले यो कम्पनीले सहयोगीको भूमिका खोल्ने केसीले बताए । अहिले तरलता सुधारतर्फ उन्मुख भएको भन्दै पुँजीबजारमा सुनौलो दिन आउने उनले आशा व्यक्त गरे ।

यो सेक्युरिटिजमा माछापुच्छ्रे बैंकको पूर्ण स्वामित्व छ । सेक्युरिटिजले ब्रोकरको मात्र कारोबार गर्न अनुमति पाएको हो । कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu