देश

काठमाडौं । काठमाडौंमा बिहानैदेखि मौसम बदली भएको छ । बादल लागेका कारण घाम लागेको छैन ।
“आज बिहानैदेखि बादल लागिरहेको छ । बादल लागे पनि पानी भने काठमाडौंमा पर्ने सम्भावना छैन,” मौसमविद् गंगा नगरकोटी बाह्रखरीसँग भन्छिन्, “केही समय घाम लाग्ने भए पनि आज धेरजसो समय बादलले नै ढाक्नेछ ।”
काठमाडौं उपत्यकासँगै कोसी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म आज बादल लागेको उनले जानकारी दिइन् । भोलिबाट भने मौसममा सुधार हुने उनको भनाइ छ ।
“पश्चिमी वायु र भारतको छत्तिसगढमामा बनेको निम्नचापीय प्रणालीका कारण नेपालको मौसममा बदली भएको हो,” मौसमविद् नगरकोटीले भनिन् ।
यी प्रदेशमा हुनेछ आज वर्षा र हिमपात, हुस्सुले तराईमा यातायात सेवामा आंशिक प्रभाव
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८० ०८:२९
प्रतिक्रिया दिनुहोस्