site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुवेतमा श्रम शोषणमा परेकी महिलाको उद्धार
Tiktok banner adTiktok banner ad

बेनी । रोजगारीको सिलसिलामा कुवेतमा पुगेर श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ । 

आकर्षक तलबको प्रलोभनमा परेर भारत हुँदै  कुवेत पुगेकी ३३ वर्षीया चोखालले आफूमाथि चरम श्रम शोषण भएको भन्दै उद्धारको लागि अनुरोध गरेपछि म्याग्दी प्रवासी नेपाली संघ मोना कुवेत, मोना अन्तरराष्ट्रिय, गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतलगायतले उनको उद्धार लागेका थिए । 

कुवेतबाट नेपाल फर्किएकी चोखाल बुधबार आफ्नो घरमा आइपुगेकी छन् । खाडीमुलुकमा शोषणमा परे पनि गुहार मागेर सकुशल घर फर्कन सफल भएकी चोखाललाई घरपरिवार र छिमेकीले फूलमाला लगाएर स्वागत गर्दै खुसी बाँडेका थिए । 

करिब आठ महिनाअघि जटिल रोगबाट ग्रसित श्रीमानको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी चोखाल घरेलु काममा चरम शोषणमा परेकी थिइन् ।  

दैनिक १८ घण्टासम्म काममा लगाउने र मानसिक तथा शारीरिक यातना दिने गरेको र समयमा पारिश्रमिक समेत नदिएपछि आफूले उद्धारको लागि अपिल गरेको उनले बताइन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro