site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पोखरा र इलामबीचको पहिलो हाफ गोलरहित बराबर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा पोखरा थन्डर्स एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा इलामले पहिलो हाफभर पोखरालाई दबाबमा राखे पनि अग्रता बनाउन भने सकेन ।

सुरुआतबाटै आक्रमण बुनेको इलामले छैटौँ मिनेटमा गोलको सुन्दर अवसर गुमायो । अमाथ ड्वले राइट साइडमा पाएको फ्रिकिक सोझै १८ यार्ड बक्समा प्रहार गरेका थिए । सो फ्रिकिक पोखराका रक्षकले क्लियर गर्न नसक्दा इब्राहिम जितेले नियन्त्रणमा राखेका थिए । जितेले पेनाल्टी बक्सको लेफ्ट साइटबाट गरेको क्रसमा ओमार थिओमको होडर बारमाथिबाट बाहिरिँदा पोखराको खतरा टरेको थिया ।

Prabhu Bank
Agni Group
NIC Asia

११औँ मिनेटमा एक समर्थक मैदान प्रवेश गरेपछि खेल एक मिनेट रोकिएको थियो । उनले मैदानमा इलामका फोडे कामारालाई नेपालको झन्डा ओडाएका थिए । 

१२औँ मिनेटमा इलामले पुनः ‘हाफ चान्स’ सिर्जना गरेको थियो । राइट साइडबाट कामाराले गरेको क्रसलाई पेनाल्टी बक्सभित्रका कसैले हेडर नभेट्टाउँदा इलामले मौकाको सदुपयोग गर्न सकेन । 

Global Ime bank

इलामले निरन्तर दबाब बनाउँदा पोखराले भने सुरुआती १५ मिनेटसम्म कुनै डरलाग्दो आक्रमण बुन्न सकेन । 

२०औँ मिनेटमा पोखराले पहिलो आक्रमण बनायो । पोखराका दीपेश आलेमगरले राइट साइडबाट गरेको क्रस पेनाल्टी बक्सभित्रका मोसेस त्वमले हेडर कनेक्ट गर्न नसक्दा इलामको खतरा सजिलै टरेको थियो ।

२९औँ मिनेटमा इलामले पुनः गोलको सुन्दर अवसर खेर फाल्यो । अमाथ ड्वले मैदानको मध्यभागबाट एक्लै अघि बढाउँदै निकालेको ‘थ्रू’ बललाई पेनाल्टी बक्सभित्रबाट फोडे कामाराले ‘फस्र्ट टच’ प्रहार गरे पनि सेकेन्ड बार नजिकैबाट बाहिरियो । 

प्रतियोगितामा आज इलाम र पोखरा दुवै टिम दोस्रो जितको खोजीमा छन् । तीन खेलबाट पाँच अंक जोडेको पोखरा तालिकाको तेस्रो स्थानमा छ । पोखरा प्रतियोगितामा हालसम्म अपराजित छ । समान खेलबाट तीन अंक जोडेको इलाम तालिकाको छैटौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement