site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
डिशहोम मेगास्टार बिजेता बैतडीका थापाले पाए एक लाख 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं ।  डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानअन्तर्गतको विजेता बैतडीका प्रतापसिंह थापालाई पुरस्कार रकम प्रदान गरिएको छ ।  स्थानीय डिलरदाई ध्वजबहादुर थलालको समन्वयमा देहीमाण्डौं बैतडीमा आयोजित कार्यक्रममा थापालाई पुरस्कार रकम हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा दशरथचन्द नगरपालिकाका मेयर पुष्करराज जोशी, डिश मिडिया नेटवर्कका सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद एक लाख रुपैयाँ हस्तान्तरण गरे । 

डिशहोमले दशैँ–तिहार लक्षित मेगास्टार योजना  सार्वजनिक गरेको थियो । डिश मिडिया नेटवर्क व्यवस्थापनले उक्त योजनामा उत्साहजनक रुपमो लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहहलाई धन्यवादका साथै हरेक हप्ता नगद एक लाख जित्न सफल सबै विजेतालाई बधाई ज्ञापन गरेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्