site stats
बाह्रखरी :: Baahrakhari
खेल
राष्ट्रिय टिम तयारीको निर्देशकमा दीपक विष्ट
Global Ime bank

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ । यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई शनिबार राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको हो ।

नेपाली खेलकुदका सफल खेलाडी मध्येका एक विष्ट दक्षिण एसियाली खेलकुद (साग) को लगातार चार संस्करणमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी हुन् । उनले आठौंदेखि ११औँ (साग) सागमा स्वर्ण जितेका थिए । विष्टले २००२ को बुसान एसियाड तथा २००६ को दोहा एसियाडीमा कांस्य जितेका थिए ।

विष्ट ओलम्पिकमा छनोट भएर खेल्ने पहिलो नेपाली पुरुष खेलाडी हुन् । उनले सन् २००८ मा चीनको बेइजिङ भएको २९औँ ओलम्पिक छनोट चरण पार गरेर खेलेका थिए । विष्ट २०६५ साल साउन २० गते राखेपमा तेक्वान्दो प्रशिक्षकको रूपमा सेवा प्रवेश गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  २३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu