site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इसेवा मनी ट्रान्सफर र कतारको अल फरदान एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता
Tiktok banner adTiktok banner ad

काठमाडौं । इसेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी अल फरदान एक्सचेन्जसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र अल फरदान एक्सचेन्जका महाप्रबन्धक बशर मोहम्मद अलबक्फीले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै कतारमा रहेका नेपालीहरूले अल फरदान एक्सचेन्जको कतारमा रहेका १६ वटा शाखाबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउन सक्नेछन् । त्यस्तै, मोबाइल एपबाट नेपालमा इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउन सक्नेछन् ।

ट्रान्सफरसँग आबद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सकिने कम्पनीले जनाएको छ । यसैगरी, अल फरदान एक्सचेन्जमार्फत पठाएको रकम इसेवा मनी ट्रान्सफरका देशभर रहेका १३ हजार ८०० भन्दा बढी एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन सकिने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro