site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वीरगन्जलाई पहिलो अंक, ललितपुरले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा वीरगन्ज युनाइटेडले तेस्रो खेलमा अंकको खाता खोलेको छ । प्रतियोगितामा वीरगन्जले मंगलबार भएको खेलमा ललितपुर सिटी एफसीलाई २–२ को बराबरीमा रोक्दै अंक खोसेको हो ।

BirgunjvsLalitpurs-1701782411.jpg

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा वीरगन्जले सुरुआती अग्रता बनाए पनि लामो समय जोगाउन सकेन । १०औँ मिनेटमा विलियम ओपोकुले अ‍ैसेडुले गोल गर्दै वीरगन्जलाई अग्रता दिलाएका थिए । तर, त्यसको तीन मिनेटपछि नै इमोन इजेकेइले गोल गर्दै ललितपुरलाई खेलमा फर्काएका थिए । २७औँ मिनेटमा निखिल सुरेसराओ काडमले गोल गर्दै ललितपुरलाई २–१ को अग्रतामा राखेका थिए । 

BirgunjvsLalitpur-1701782411.jpg

पहिलो हाफमा २–१ को अग्रता बनाए पनि दोस्रो हाफमा कृपाकान्त महतो थारूले गोल गर्दै वीरगन्जलाई खेलमा फर्काएका थिए । ५२औँ मिनेटमा कृपाकान्तले वीरगन्जको तर्फबाट गोल गरेका थिए ।

BirgunjvsLalitpur-sd-1701782409.jpg

बराबरीसँगै एक अंकमा सीमित बनेको ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । चार खेलबाट ६ अंक जोडेको ललितपुर तालिकाको दोस्रो स्थानमा छ । ललितपुरले यसअघि एक खेलमा जित निकाल्दा दुई खेलमा बराबरीको नतिजा आत्मसात गरेको थियो । तालिकाको शीर्ष स्थानको धनगढी एफसीले तीन खेलबाट सात अंक जोडेको छ । 

BirgunjvsLalitpur-e-1701782406.jpg

लिगमा वीरगन्जको भने यो पहिलो अंक हो । वीरगन्जले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो । ललितपुरबाट अंक खोसे पनि तीन खेलबाट एक अंक जोडेको वीरगन्ज तालिकाको पुछारमा छ ।

BirgunjvsLalitpur-ey-1701782405.jpg

BirgunjvsLalitpur-dfhfh-1701782405.jpg

BirgunjvsLalitpur-dgdg0-1701782406.jpg

BirgunjvsLalitpur-dgdg-1701782407.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro