site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रूसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ

काठमाडौं ।  प्रहरीले नेपालीलाई अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन रुस पठाउने ठूलो गिरोहलाई नियन्त्रणमा लिएको छ ।  उनीहरूलाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको जानकारी प्रहरी उच्च स्रोतले बाह्रखरीलाई दियो । स्रोतले भन्यो, “हालसम्म १२ जना पक्राउ परेका छन् । अझै अनुसन्धान र खोजी जारी छ ।”

पक्राउ परेकामध्ये हरि बिक र सुजाता दाहाल मुख्य एजेन्ट भएको खुलेको छ । उनीहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालीलाई भारतको दिल्ली हुँदै रुस पठाउने गरेको पाइएको छ । नेपालस्थित भारतीय दुतावासबाट ‘नो अब्जेक्सन लेटर’ बनाएर दिल्लीबाट रुस पठाउने गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको दाबी छ ।

Dabur Nepal
NIC Asia

नेपाल प्रहरीले भारतीय दुतावाससँग समेत यस विषयमा छलफल गरेको छ । पछिल्लो समय त्रिभुवन विमानस्थलबाट ‘भिजिट भिसा’मा जाने नेपालीमाथि कडाई गर्न थालेपछि भारत हुँदै मुलुक पठाउने गरेको खुलेको हो । 

मानव तस्कर समूहले रुस पठाउन प्रतिव्यक्ति १२ लाख रुपैयाँ असुल गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा भर्ती हुन ५३ नेपाली दिल्ली हुँदै रुस गएको सूचना आफूसँग रहेको बताएका थिए ।

प्रधानमन्त्री दाहालले सञ्चारमाध्यमका सम्पादकहरूसँग कुरा गर्दै भनेका थिए, “हिजोमात्रै दिल्लीबाट २६ र २७ जना गरी दुई समूहमा रुसी सेनामा भर्ती हुन गएको सूचना प्राप्त भएको छ ।”

परराष्ट्र मन्त्रालयले सोमबार रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको ज्यान गएको पुष्टि गरेको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार, गोरखाका सन्दीप थपलिया, कपिलबस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखाको मेलङ–६ का राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको छ ।

प्रहरीले मृत्यु भएका दुई जनालाई समेत पक्राउ परेकै समूहले पठाएको दाबी गरेको छ । यसरी अवैध बाटोबाट रुप पठाउने समूहमा केही नेपाली सेनाका अवकाशप्राप्त व्यक्तिहरू संलग्न समेत रहेको प्रहरीको दाबी छ ।

प्रहरीले प्रधानमन्त्री कार्यालयलाई मंगलबार रुस पठाउने समूह पक्राउबारे रिपोर्ट गरेका छन् । प्रहरीमा कुनै पनि पीडितले उजुरी नदिएका कारण उनीहरूमाथि अभद्र व्यवहारमा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीको मानव बेचबिखन ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी गरी तीनवटै निकायलाई निर्देशन दिएको छ ।  रुस र युक्रेनको युद्धपछि नेपालीहरू अवैध रुपमा रुस पुगेर रुसी सेनामा भर्ती हुन थालेका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro