site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेल बिक्री प्रकरण : अर्थमन्त्री भन्छन्– विश्लेषणपछि सरकार निष्कर्षमा पुग्छ
फाइल तस्बिर ।

नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताएका छन् ।

मंगलबार नवलपरासीको नवलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले एनसेल बिक्री प्रकरणमा सम्बन्धित निकायबाट जानकारी लिने काम भइरहेको र त्यसका आधारमा सरकार निष्कर्षमा पुग्ने बताए ।

Dabur Nepal
NIC Asia

नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरण र राजस्वका सम्बन्धमा राजस्व अनुसन्धान एवं कर कार्यालयका पदाधिकारीसँग छलफल जारी रहेको भन्दै मन्त्री महतले त्यसपछि सरकार निष्कर्षमा पुग्ने बताए । “किनबेच गर्ने निकायले, नियमन गर्ने निकायसँग त्यसको अनुमति लिएर किनबेच गर्नुपर्ने व्यवस्था छ । त्यसको बाबजुद बाहिर नै किनबेच भयो भन्ने कुरा आएको छ । यसको गहिराइमा हामी छौँ । हाम्रो कानुनी व्यवस्था जे छ, कानुनी व्यवस्थाको आधारमा यसको गहिराइमा गएर विश्लेषण गरी सरकार निष्कर्षमा पुग्नेछ,” अर्थमन्त्रीले भने ।

किनबेच कुनै अनौठो विषय नभएको तर विधिपूर्वक कानुनी व्यवस्थाअनुसार भयो कि भएन भन्ने कुरा प्रमुख रहेको उनले बताए । “कानुनी व्यवस्थाअनुसार किनबेच भयो भएन भन्ने हो । कुनै कारणले रकम कम देखाएको त छैन ? त्यसको यथार्थ मूल्यभन्दा के कारणले तल भयो त्यसको छानबिन हुनुपर्छ,” अर्थमन्त्री डा. महतले भने, “तर, किनबेच हुँदैमा लगानी कर्ता आउन खोजेनन्, हाम्रो अर्थनीति ठिक भएन भन्ने होइन ।”

अर्थमन्त्री डा. महतले अर्थतन्त्र विस्तारै लयमा फर्कन लागेको बताए । उद्यमीका समस्या सम्बोधन गर्न नेपाल राष्ट्र बैंकमार्फत गृहकार्य भइरहेको उनले जानकारी दिए । बैंकसँग ऋण लिएपछि जसरी पनि तिर्नुपर्नेमा उनले जोड दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro