site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टुनल्यान्ड जी७ ले २३ दिनमै देशभरिका आठ कठिन अफ-रोड ट्रेल पार गर्‍यो

काठमाडौं । टुनल्यान्ड जी७ ले २३ दिनको अवधिमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण आठ स्थानको यात्रा सफलतापूर्वक सम्पन्न गरी यस्तो साहसिक अभियान पूरा गर्ने पिकअप बन्न सफल  भएको छ । यो केवल परीक्षण मात्र नभई कठिन भौगोलिक अवस्थामा असली क्षमता, विश्वसनीयता र इनोभेसन प्रदर्शन गर्ने एक ऐतिहासिक चुनौती पनि थियो ।

टुनल्यान्ड जी७ ले आफ्नो यात्रा दार्चुलाको हिकिला (२,३०० मिटर) बाट यात्रा सुरु गरेर नेपालको सीमा  कोरला (४,६६० मिटर) सम्म पुगेको बताइएको छ । यस ऐतिहासिक यात्रामा टुनल्यान्ड जी७ ले फलामे (२,४५० मि), खाङ्सार (३,७०० मि), सन्दकपुर (३,६३६ मि), ढोरपाटन (३,००० मि), गुफा पोखरी (२,८९० मि) हुँदै जुम्ला (२,५१५ मि) सम्मका कठिन र दुर्गम गन्तव्यहरू सफलतापूर्वक पार गरेको बताइएको छ । यी सबै स्थानहरू अग्ला मात्र नभई, अप्ठ्यारा ट्र्याकहरू, ठाडा उकालो र असमान भूभागका लागि पनि परिचित छन् । तर टुनल्यान्ड जी७ ले सबै चुनौती सहज रूपमा पार गर्दै आफैंलाई केवल हाइवेका लागि मात्र नभई हिमाली भूभागका लागि पनि निर्माण गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

१६० हर्सपावर र ३९० एनएम टर्क क्षमतासहितको भएको टुनल्यान्ड जी७ ले अफ-रोड यात्रा क्रममा प्रभावशाली प्रदर्शन गरेको छ ।

बाहिरबाट शक्तिशाली देखिने टुनल्यान्ड जीए, भित्री डिजाइन र सुविधाका हिसाबले भने अत्यन्तै आरामदायक र प्रिमियम अनुभव प्रदान  गर्छ । चुनौतीपूर्ण यात्राको दौरान, प्यानोरामिक सनरूफ, तातो–चिसो मिलाउन सकिने १२ मोडमा मिलाउन सकिने इलेक्ट्रिक सिट, १२.३ इन्च टचस्क्रिन, स्मार्ट पुश–स्टार्ट र अटोमेटिक एसी लगायतका प्रिमियम फिचरहरूको भरपुर उपयोग गर्दै यात्राको रोमाञ्चकता थप अनुभूत गरेका थिए ।

एमएडब्लू वृद्धि कमर्शियल भेइकल प्रा. लि. नेपालको व्यावसायिक सवारी क्षेत्रको एक कम्पनी हो ।  

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  २०:२२
प्रतिक्रिया दिनुहोस्