site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
'महालक्ष्मी फोनेपे क्रेडिट कार्ड' सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सञ्जाल फोनेपेले महालक्ष्मी विकास बैंकसँगको साझेदारीमा महालक्ष्मी फोनेपे क्रेडिट कार्ड सार्वजनिक गरेको छ । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूलाई फोनेपे क्रेडिट कार्ड सेवा प्रदान गर्ने पहिलो विकास बैंक बन्न सफल भएको हो । फोनपे क्रेडिट कार्ड स्किमअन्तर्गत उपलब्ध यो सेवा पूर्ण रूपमा भर्चुअल छ ।

महालक्ष्मी बैंकको मोबाइल बैंकिङ एप महालक्ष्मी स्मार्ट साथीमार्फत सजिलै यो सेवा लिन सकिनेछ । यस कार्डमार्फत प्रयोगकर्ताहरूले नेपालभरका कुनै पनि फोनेपे क्यूआर मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्छन् । यो कार्डले परम्परागत क्रेडिट कार्डका फाइदामा ४५ दिनको ब्याजरहित अवधि, लचिलो किस्ताबन्दी सुविधा र क्युआरमार्फत सुरक्षित भुक्तानी प्रदान गर्दछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्ड सार्वजनिक भएको अवसरमा महालक्ष्मी फोनेपे क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले ५० प्रतिशतसम्मको क्यासब्याक अधिकतम ५०० सम्मको लाभ प्राप्त गर्न सक्नेछन् । सीमित अवधिको यो प्रमोसनले ग्राहकलाई क्यूआर–आधारित क्रेडिट भुक्तानीको सहजता र प्रयोगात्मक अनुभव दिलाउने उद्देश्य राखिएको छ ।

साझेदारीबारे बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले फोनपे क्रेडिट कार्ड सेवा सुरु गर्ने महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको बताए । फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक कम्पनी हो । 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १९:१८
प्रतिक्रिया दिनुहोस्