site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोरङमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

सुन्दरहरैँचा (मोरङ) । मोरङको बेलबारी नगरपालिका–१० स्थित भाउन्नेको जंगलमा हात्तीको आक्रमणमा परेर एक पुरूषको मृत्यु भएको छ । 

जंगली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको आज मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । उनले लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा घरेलु मदिरा बनाउने मर्चा बोकेर यात्रा गरिरहेका बेला सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै निधन भएको उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

माझी लेटाङस्थित घरबाट बेलबारी लक्ष्मीमार्गको बजारतर्फ साइकलमा आउँदै गरेको बेला जंगली हात्तीको आक्रमणमा परेको प्रहरीको भनाइ छ । बाटो हिँड्नेले जंगलमा आज शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गर्दै शव परीक्षणका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरतर्फ पठाएका थिए । 

Global Ime bank

लेटाङ तथा भाउन्ने  आसपासमा रातभर दुई दर्जनभन्दा बढी छावा (बच्चा)सहितको जंगली हात्ती देखापरेकाले स्थानीयको सहयोग लिएर प्रहरीले हात्तीको बथानलाई जंगलतर्फ धपाउने काम गरेको यहाँका स्थानीयले बताएका छन् । 

कोसी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा केही दिनदेखि जंगली हात्तीको आतंक बढेको छ । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा उपद्रो मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भएका छन् । सर्वसाधारणको घर भत्काइ दिनेदेखि बालीनाली खाने र मान्छे मार्नेसम्मको वितण्डा जंगली हात्तीले मच्चाइरहेको मोरङ प्रहरीका प्रवक्ता दाहालले उल्लेख गरे ।  

हालसम्म मोरङ, झापा सुनसरी जिल्लामा जंगली  हात्तीको आक्रमणमा परी एक साताभित्रमा चारजनाले ज्यान गुमाइ सकेका छन् ।

हात्तीको आहारा जंगलमा सकिएपछि मानव बस्तीतर्फ हात्तीले निशाना बनाउँदै आएको जिल्ला डिभिजन वन कार्यालय मोरङका प्रमुख  विष्णुलाल घिमिरेले जानकारी दिए । उनले हात्तीले धनजनको क्षति पु¥याएपछि सुरक्षाको व्यवस्थापन गर्न सरकारसमक्ष स्थानीयले माग गरेको उल्लेख गरे । रासस 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !