site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाधिवेशन मितिबारे एकीकृत समाजवादी अनिर्णीत 

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय महाधिवेशनको मितिबारे अनिर्णीत  भएको छ । 

आज (सोमबार) पार्टी कार्यालय आलोनगरमा बसेको सचिवालय बैठकमा मिति सार्नेबारे छलफल भए पनि निर्णय नभएको उपहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । 

एकीकृत समाजवादीले यसअघि माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको थियो । तर, पार्टीको जागरण अभियानको सन्देश, जाजरकोट भूकम्प र राष्ट्रियसभाको निर्वाचनका कारण मिति सार्नुपर्ने खतिवडाको भनाइ छ । 

त्यसबारे निर्णय लिन भोलि पनि बैठक बस्ने उनले बताए । उनले पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको वैचारिक असहमतिका कारण महाधिवेशन सर्ने कुरा नभएको जिकिर पनि गरे । 

“महाधिवेशन मत बजाउने थलो नै हो । विचारको विमर्श गर्ने ठाउँ हो । महाधिवेशनमा विचार छलफल हुन्छन् । त्यही कारणले महाधिवेशन सदैन,” उनले भने । 

आजको बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि दल दर्ता गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै, सम्मानित नेता झलनाथ खनालले पनि राष्ट्रियसभाको निर्वाचनका कारण महाधिवेशन मिति केही दिन सार्न सकिने बताए । भोलिको बैठकले मितिबारे निर्णय गर्ने जानकारी दिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro