site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
वाग्मती नगरपालिकाका मेयर थापाको जीवनीमा बन्दै चलचित्र ‘मेयर’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाको कथामा आधारित सिनेमा बन्ने भएको छ । उनको राजनीतिक यात्रालाई समेटेर कथानक चलचित्र बनाउन लागिएको हो । 

चलचित्रको नाम ‘मेयर’ रहनेछ । “अहिले स्क्रिप्टमा काम भइरहेको छ । स्क्रिप्ट लक गरेपछि छायांकनमा जाने तयारी छ,” निर्देशक दीपेन्द्र के खनालले भने, “फागुनको दोस्रो साताबाट छायांकनमा जाने तयारी छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

थापाको राजनीनिक यात्राका बारेमा सिनेमा बन्ने भए पनि यो पूर्ण बायोपिक भने नहुने निर्देशक खनाल बताउँछन् । उनले भने, “पूर्ण बायोपिक पनि हुने छैन,” उनले भने । 

भरत ताल थापा मेयर भएपछि बनेको ताल हो । यो कृत्रिम ताल अहिले मधेस प्रदेशको प्रमुख गन्तब्य मध्यको एक हो । थापाले पूर्वाधार विकासमा उदाहरणीय काम गरेको धेरैले बताउने गरेका छन् । तर उनी आफैँमा विवादित व्यक्ति पनि हुन् । 

Global Ime bank

थापाको सकारात्मक र नकारात्मक दुवै पक्ष चलचित्रमा समेटिने निर्देशक खनालले बताए । सोही सर्तमा आफू चलचित्र बनाउन तयार भएको उनको भनाइ छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय