खेल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पाल्पा जिल्ला क्रिकेट संघका अध्यक्ष तथा लुम्बिनी प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष राजेश श्रेष्ठको उपचारका निम्ति एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
आन्द्रामा रक्तस्रावका कारण श्रेष्ठको हाल काठमाडौंस्थित सिल्भर लाइन अस्पतालमा उपचार भइरहेको छ । लुम्बिनी अस्पतालमा तीन दिनको उपचारपछि पनि अवस्था गम्भीर बन्दै जाँदा उनलाई काठमाडौं ल्याइएको हो ।
श्रेष्ठको आन्द्रामा अत्यधिक रक्तस्राव भएकाले रगतमा होमोग्लोबिनको मात्रा निकै कम भएको उपचारमा संलग्न नेपाली राष्ट्रिय क्रिकेटमा टिमका चिकित्सक अभिषेकराज सिंहले बताए ।
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८० १२:४६
प्रतिक्रिया दिनुहोस्