site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार महिनामा रसुवागढी नाकाबाट आठजना पक्राउ
फाइल तस्बिर ।

रसुवा । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठजनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूका साथबाट तीन करोड ३१ लाख ८१ हजार १९८ रुपैयाँबराबरको सामग्री समेत बरामद गरिएको र कानुनी कारबाहीका निम्ति रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले  जानकारी दिए ।

चीनबाट आयात गरिएका ती सामग्री रसुवागढी, घट्टेखोला, टिमुरे र स्याफ्रुबेँसी समेतका स्थानबाट केही भरिया र विभिन्न सवारीसाधनमार्फत काठमाडौंतर्फ लैजानेक्रममा  प्रहरीले बरामद गरेको उनले बताए ।

रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन् । प्रहरीले गत वर्ष पनि एक करोड ५१ लाख ५६ हजार २३० रुपैयाँबराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका निम्ति भन्सार कार्यालय टिमुरेमा बुझाएको थियो  ।

यस्तै, चालु आवको हालसम्म विभिन्न घटनाका १४ मुद्दा जिल्ला सरकारी वकिलमार्फत अदालतसामु पेस गरिएको छ । यसरी पेस गरिएका मुद्दामा लागुऔषध, कर्तव्य ज्यान, चोरीलगायत छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro