site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एफसी बुटवल लुम्बिनी र स्पोर्टिङ इलामबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी बुटवल लुम्बिनीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा अग्रता बनाउन सकेनन् ।

Dabur Nepal
NIC Asia

खेलको तेस्रो मिनेटमै इलामलाई ‘भाग्य’ले साथ दिएन । फरवार्ड फोडे कामराको सुन्दरको क्रसमा पेनाल्टी बक्समा रहेका भरत खवासले गरेको वान टच प्रहार पहिलो बारमा लाग्दै फर्किएको थियो ।

छैटौँ मिनेटमा बुटवल लुम्बिनीका कप्तान एरिक विष्टको प्रहार इलामका गोलकिपर विकेश कुथुका निम्ति गतिलो खतरा बन्न सकेन । मिडफिल्डर अब्डौल्जे बाले आशीष लामालाई ३५ यार्ड पर फाउल गरेपछि बुटवलले फ्रीकिक पाएको थियो । तर, मार्की खेलाडी विष्टको प्रहार इलामका गोलकिपर विकेशले सहजै बचाए ।

२६औँ मिनेटमा अमाथ ड्वले अवसर सदुपयोग गर्न नसक्दा इलामले अग्रताको मौका खेर फाल्यो । फोडे कामाराले राइट साइडमा उपलब्ध गराएको बल एक रक्षकलाई कटाउँदै ड्वले गरेको प्रहार माथिबाट बाहिरियो ।

इलाम आज दोस्रो जितको खोजीमा छ । उद्घाटन खेलमा इलाम साविक विजेता काठमाडौं रेजर्ससँग १–० ले निराश बनेको थियो । इलामले दोस्रो खेलमा झापालाई १–० ले हराएको थियो ।

यसअघिका दुवै खेलमा पराजित बुटवल अंकविहीन छ । पहिलो खेलमा बुटवल ललितपुरसँग २–० ले हारेको थियो । बुटवलले दोस्रो खेलमा धनगढीविरुद्ध पनि हार व्यहोरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro